मलेसियाले नेपाललाई दियो ११५ रनको लक्ष्य
काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा मलेसियाले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया नेपाली बलरसामू खुलेर खेल्न नसक्दा २० ओभरमा कम योगफलमै समेटिएको हो ।
पहिलो बलमा नै करण केसीले मलेसियाको विकेट लिएका थिए । कुशल मल्लले दोस्रो विकेट लिएपछि दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेट दिलाए । ३८ बलमा २४ रन बनाएर खेलरहेका अहमेद फैजलाई सन्दीपले कुशल मल्लमार्फत् क्याचआउट गराएर चौथो विकेट लिए । करणले दुई विकेट लिए ।
पाँचौ विकेट पनि सन्दीपको नाममा रह्यो । छैटौं विकेट अविनाश बोहाराले लिए ।
मलेसियाका लागि जुवदी जुल्कीप्लेले ३२, क्याप्टेन अहमेद फैजले २४, महम्मद अमिरले १६, सियाद अजिजले १४ रनको योगदान दिए ।
खेलमा टस जितेर मलेसियाले पहिले ब्याटिङ रोजेको थियो ।
नेपाल र मलेसिया दुवैले आ–आफ्ना पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेका थिए ।
सिरिजमा प्रत्येक टिमले दुई दुई एक आपसमा खेल्नेछन् । तीनमध्ये शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछन् ।
ताजा अपडेट
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
-
काठमाडौँ महानगरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार
-
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा
-
६ सचिवको सरुवा, पर्यटन, शिक्षा र कृषि सचिव फेरिए
प्रतिक्रिया