एकै ठाउँमा ४१४ जनाले गरे रक्तदान
चितवन । रोटरी क्लब अफ रत्ननगरले शुक्रबार पूर्वी चितवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा चार सय १४ जनाले रगत प्रदान गरेका छन् । यसअघि क्लबकै आयोजनामा चार सय पाँच जनाले रक्तदान गरेका थिए ।
रक्तदातामध्ये तीन सय ५२ पुरुष र ६२ जना महिला रहेका छन् । तीमध्ये दुई सय ३९ जना नयाँ रक्तदाता हुन् । जसमध्ये दुई जना फरक क्षमताका थिए । क्लबले ठूलो सङ्ख्यामा पहिलोपटक रक्तदान गर्ने वातावरण सिर्जना गरेको क्लबका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले रत्ननगरमा रक्त सङ्कलन केन्द्र (ब्लड बैंक) स्थापना गर्न लागेको बताए । सबै वडालाई वर्षमा तीन पटक रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरिएको पनि उनले बताए। रगतको चरम अभाव भएको अवस्थामा मानवीय सेवामा जुटेकोमा रोटरीलाई उनले धन्यवाद दिए ।
न्यू क्यापिटल कलेज रत्ननगरको प्राङ्गणमा आयोजित कार्यक्रमलाई रोट–याक्ट क्लब अफ रत्ननगर, इन्ट–याक्ट क्लब अफ स्काइराइडर, स्पाउस क्लब अफ रत्ननगर र इन्ट–याक्ट क्लब अफ न्यू क्यापिटल कलेजले सहयोग गरेका थिए ।
प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । गर्मी मौसममा रगतको कम भइरहेको अवस्थामा भएको ठूलो रक्तदान कार्यक्रमले धेरै बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ । नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरि पौडेलले यो वर्षको एकै दिन एकै ठाउँमा सबैभन्दा बढी रगत सङ्कलन भएको जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया