अर्घाखाँची समाज जापानको ‘तिज शुभकामना’ कार्यक्रम सम्पन्न
काठमाडौं । अर्घाखाँची समाज जापानले हरितालिका ‘तिजको शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम’ सम्पन्न गरेको छ । समाजका अध्यक्ष दीपक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका सचिव अर्जुन आचार्यले गरेका थिए ।
अर्घाखाँची जिल्लाबाट विभिन्न पेशा व्यावसायमा आबद्ध झन्डै २०० जनाको उपस्थिति रहेको कार्यक्रममा नेपालका पहिलो महिला रेसलर भगवती खड़कालाई सम्मान गरिएको थियो । कलाकार चेतन घर्ती मगरले आफ्नो गीत मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, अर्घाखाँची जिल्ला घर भै हाल विद्यावारिधिको शिलशिलामा जापानमा रहेका नेपाल सरकारका सह-सचिव शेष नारायण पौड्याल, नेपाल सरकारका उप-सचिव श्रीधर गौतम, समाजका सल्लाकार बाबुराम पौड्याल, ईन्दिरा खनाल लगायतको आथित्य रहेको थियो ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया