सीजीको दशैतिहार लक्षित योजना सार्वजनिक
कठमाडौं । सीजी ब्राण्डले दशै तिहार लक्षित चाडपर्व योजना ल्याएको छ । ‘सीजीले घर सजाओं खुशीले चाड मनाऔं ’योजना ल्याएको हो ।
यस योजना अन्तर्गत ग्राहकले सीजीका उपकरणहरुको खरिदमा आकर्षक उपहार पाउने छन् । सीजीको स्मार्ट घरेलु उपकरणहरु खरिद गर्दा ग्राहकहरूले आकर्षक साप्ताहिक पुरस्कारहरू जित्ने मौकाका साथै बम्पर पुरस्कारका रूपमा २ जनाले दुबईको विशेष यात्रा जित्न सक्ने कम्पनीले जनाएको छ ।
यो योजना सीजी ब्राण्डको कुकिंग सिरिज, किचेन सिरिज, समर सिरिज र विन्टर सिरिजको उत्पादनहरुमा लागू हुने छ । कम्पनीका अनुसार यो योजना भाद्र २५ गतेबाछ लागु गरिएको हो ।
योजनाका अन्य आकर्षणहरूमा ग्राहकले मेगा एक्सचेन्ज अफर, ०% नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरगत लोयल्टी सदस्यले ललितपुर स्थित होटल विभान्तामा २५% सम्म छुट पाउन सक्ने छन् ।
यो योजनामा उल्लेखित अफरहरु नेपालभरका सबै सीजी ब्रान्डका आधिकारिक डिलरहरुबाट सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो योजना सबै सीजी स्मार्ट घरेलु उपकरणहरू जस्तै राइस कुकर, ग्रिल, एयर फ्राइर, टोस्टर, प्यान, ग्यास चुलो, वाटर फिल्टर, मिक्सर ग्राइन्डर, वाटर हिटर, वाटर डिस्पेन्सर, हिटर, फ्यान र अन्य घरेलु उपकरणहरूमा उपलब्ध हुने छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया