यामाहाले ल्यायो ‘यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ’
काठमाडौं । यामाहाले चाडपर्व लक्षित ‘यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ’ योजना सार्वजनिक गरेको छ ।
दशैं , तिहार तथा छठ पर्वलाई अविस्मरणीय बनाउन यामाहाले उक्त योजना सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत ग्राहकले यामाहाको कुनैपनि स्कुटर खरिद गर्दा ६ हजारदेखि १ लाख सम्मको र बाइक खरिद गर्दा ८ हजारदेखि १ लाख सम्मको स्युर–सट क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।
ग्राहकले लक्की ड्र मार्फत दैनिक यामाहा राइडिङ ज्याकेट, आइफोन १४को साप्ताहिक उपहार, र प्रत्येक महिना भाग्यशाली विजेताले जापान जाने मौका प्राप्त गर्न सक्ने यामाहाले जनाएको छ ।
यो अफर यामाहाका सबै बाइक र स्कुटरहरूमा लागू हुने छ । यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ योजनाले नेपालभर चाडपर्वको उत्साहलाई अझै हर्षमय बनाउने लक्ष्य राखेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया