२९ जिल्ला न्यायाधीशका लागि परीक्षा दिएका २ सय ११ जनामध्ये १ जना मात्रै उत्तिर्ण
काठमाडौं । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षामा एक जना मात्र उत्तिर्ण भएका छन् ।
आयोगले यहि साउन १६ गतेदेखि २० गतेसम्म २९ जना जिल्ला न्यायाधीशका लागि लिएको परीक्षामा २ सय ११ जना सहभागी भएका थिए ।
तर आयोगको आइतबार बसेको बैठकले परीक्षामा सहभागी भएका २ सय ११ जनामध्ये अन्तर्वार्ताका लागि १ जनाको नाम मात्रै सिफारिस गरेको छ ।
आयोगले आन्तरिक खुला र खुला समूहबाट पारसमणी पोखरेलको नाम अन्तर्वाताका लागि छनौट गरेको हो ।
आयोगले आन्तरिक खुलातर्फ १५, खुलातर्फ ७, महिलातर्फ २, आदिवासी-जनजातीतर्फ २, मधेसीतर्फ २ र दलित कोटामा १ जनागरि २९ जना जिल्ला न्यायाधीशका लागि लिखित परिक्षा लिएको थियो ।
पोखरेलको अन्तर्वार्ता असोज १ गते न्याय परिषद सचिवालय बिहान साढे १० बजे तोकिएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया