अस्कर अवार्डका लागि नेपालबाट ‘हल्कारा’ पठाइने
काठमाडौं । अमेरिकामा आगामी वर्ष हुने एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औं संस्करणका लागि नेपालबाट ‘हल्कारा’ लाई सिफारिस गरिएको छ ।
विक्रम सापकोटा निर्देशित चलचित्र ‘हल्कारा’ लाई अस्करका लागि अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल) ले सिफारिस गरेको हो ।
चलचित्र हल्कराको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकतालाई ख्याल गरी सिफारिस गर्ने निर्णय गरेको छनोट समितिका सदस्य सामीप्यराज तिमल्सेनाले जानकारी दिए।
नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई असोज २९ सम्मको म्याद दिएर फिल्म बुझाउन आग्रह गरेको थियो । समितिको आव्हानअनुसार ‘डाकिनी’, ‘हल्कारा’, ‘नीरफूल’, ‘बुलाकी’ र बगानले आवेदन दिएका थिए ।
‘हल्कारा’ मा महेश त्रिपाठी र विनिता थापा मगरको प्रमुख भुमिका रहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया