हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको आइपिओ बाँडफाँट भएको छ । कम्पनीले आज आइपिओ बाँडफाँट गरेको हो ।
कम्पनीका अनुसार उक्त आइपिओमा १२ लाख ७० हजार ९९१ जनाले आवेदन दिएका थिए । जसमध्ये १ लाख २१ हजार ३८७ जनाको आवेदन रद्द भएको छ । बाँडफाँट भएको आइपिओमा गोलाप्रथामार्फत १ लाख २१ हजार ३८७ जना सर्वसाधारण आवेदकहरुले २० कित्ताका दरले सेयर पाएको कम्पनीले जनाएको छ ।
कम्पनीले भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँका दरले आइपिओ निश्काशन गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्ने छन् ।
ताजा अपडेट
-
विशेष अदालतको फैसलामाथि सर्वोच्च पुग्याे अख्तियार
-
हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु
-
बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश
-
संसद्मा सत्तापक्ष-प्रतिपक्षबीच घोचपेच, सुशासन र भ्रष्टाचार मामलामा आ-आफ्नै दाबी
-
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
प्रतिक्रिया