३१ खेलसम्म अपराजित अर्जेन्टिना पराजित भएको अन्तिम खेल कुन थियो ?
काठमाडौं । अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीले आफ्नो अपराजित यात्रा ३१ खेलसम्म पुर्याएको छ ।
फिफा विश्वकपको दक्षिण अमेरिकी क्षेत्रअन्तर्गतको बुधबार बिहान भएको खेलमा इक्वेडरसँग १–१ गोलको बराबरी खेल्दै अर्जेन्टिनाले आफ्नो अपराजित खेलको यात्रा ३१ खेलसम्म पुर्याएको हो ।
यससँगै अर्जेन्टिनाले सन् १९९१ देखि ०९३ सम्म कायम भएको ३१ खेलसम्मको आफ्नै अपराजित यात्राको कीर्तिमान बराबरी गरेको छ ।
ग्राबियल बाटिस्टुटाको प्रेरणामा रहेको अर्जेन्टिनाले सो बीचमा कोपा अमेरिकाका दुईवटा उपाधि जितेको थियो ।

अहिले लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले पनि ३१ खेल अपराजित यात्रा गर्ने क्रममा ०२१ मा ब्राजिललाई उसकै मैदानमा हराउँदै कोपा अमेरिकाको उपाधि जित्नुका साथै विश्वकपमा पनि सजिलै छनोट भइसकेको छ ।
मेसीप्रेरित अर्जेन्टिना ०१९ मा भएको कोपा अमेरिकाको सेमिफाइनलमा आयोजक ब्राजिलसँग २–० ले हारेयता अपराजित छ । सो खेल ०१९ को जुलाई २ मा भएको थियो ।
यससँगै अर्जेन्टिनाले झण्डै ३ वर्षसम्म अपराजित यात्रा कायम राखेको छ । अब १ खेलमा पराजित नभएको खण्डमा अर्जेन्टिनाले ०९१–९३ को रेकर्ड तोड्नेछ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया