केकी र रिमालाई लिएर ‘ह्याप्पी डिभोर्स’ निर्माण घोषणा
काठमाडौं । अभिनेता तथा मोडल विमलेश अधिकारीको निर्देशनमा ‘ह्याप्पी डिभोर्स’ चलचित्र बन्ने भएको छ । केही समय कलाकारिताबाट विश्राम लिएर निर्देशनको तयारी गरेर चलचित्र घोषणा गरेको उनले जानकारी दिए ।
उनले भने, ‘नयाँ सुरुआत, स्वतन्त्रता र राम्रो भविष्यको कथा तयार गरेको छु । एक जोडीको वर्तमान अवस्था र त्यसलाई भविष्यमा अझै राम्रो बनाउन चाल्ने कदमलाई देखाउन प्रयास रहनेछ । यो अहिले देखिएको एउटा समस्या पनि हो’, निर्देशक अधिकारीले निर्देशनसँगै अभिनय गर्नेसमेत जानकारी दिए ।
चलचित्रमा केकी अधिकारी र रिमा विश्वकर्मा मुख्य भूमिकामा रहनेछन् । निर्देशक अधिकारीका अनुसार चलचित्रको कथा तीन पात्रसँग बढी जोडिएको छ । अभिनेत्री अधिकारीले आफ्नो थुप्रै साङ्गीतिक श्रव्यदृश्यमा मोडल बनिसकेका अभिनेता अधिकारी निर्देशक बन्न लागेको सुन्दा र सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
‘हामी कलाकारले आफूलाई नयाँ तरिकाले प्रस्तुत गर्न चाहन्छौँ । विमलेश निर्देशक बनेर नयाँ यात्रा सुरू गर्नुभएको छ । उहाँको यात्रा सफल बनाउन हाम्रो कुनै सम्झौता हुने छैन’, अभिनेत्री अधिकारीले भनिन्, ‘चलचित्रको शीर्षक केही अनौठो लागे तापनि यसले गलत सन्देश प्रवाह गर्दैन । डिभोर्स नै समाधान हो भन्ने हामीले चलचित्रमार्फत देखाउन लागेका छैनौँ तर, अहिले युवापुस्तामा देखिएको केही यथार्थलाई पर्दामा ल्याउने छौँ ।’
चलचित्रमा नवराज उप्रेतीले छायाङ्कन, पुष्करमणि राईले पटकथा लेखन, सोनी सिंजाली मगरले वेशभूषा, विशाल मोक्तानले शृङ्गार गर्नेछन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया