शिक्षक आन्दोलनको दोस्रो दिन: ट्राफिक व्यवस्थापन अस्तव्यस्त, सर्वसाधारण सास्ती भोग्दै
काठमाडौं । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक विरुद्ध शिक्षकहरुले थालेको आन्दोलन दोस्रो दिन आज पनि जारी छ ।
उनीहरुले बिहीबार दोस्रो दिन पनि माइतीघरबाट नयाँबानेश्वरसम्म आएर फेरि माइतीघर फर्किने र कोणसभा गर्न गइरहेका छन् ।
शिक्षकहरुको आन्दोलनका कारण आज पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म चल्ने सडकमा सवारीसाधन नचल्दा सर्वसाधारणहरू सास्ती भोग्न बाध्य भएका छन् ।
विधेयक विरुद्ध शिक्षकहरुको आन्दोलनका कारण बुधबार हिजो पनि सवारीसाधन सञ्चालन अस्तव्यस्त बनेको थियो ।
शिक्षक महासंघका अनुसार देशभरबाट एक लाख भन्दा बढी शिक्षकहरू आन्दोलनमा सहभागी भएका छन् ।
उनिहरुले आज मात्रै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोक कुमार राईसँग वार्ता पनि गरेका थिए । छलफल सकारात्मक भएको दावी पनि गरिएको छ ।
उनीहरुबीच शिक्षकहरुको आन्दोलनलाई मर्यादित बनाउने र छिट्टै औपचारिक वार्तामा बस्ने सहमति भएको बताइएको छ ।
छलफलमा गृहमन्त्री श्रेष्ठले सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर सोचेर निष्कर्षमा पुग्नुपर्छ र समस्याको समाधान निकाल्नुपर्ने बताएका थिए ।
श्रेष्ठले आन्दोलनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन आग्रहसमेत गरेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया