गणेश विसर्जनमा भावुक भइन् भारती, भन्छिन्– विदाई गर्न मनले मान्दैन
एजेन्सी । भारतमा गणेश चतुर्थीको अवसरमा धेरै सेलिब्रेटीले आ–आफ्नो घरमा गणेश भगवानको मूर्ती स्थापना गर्छन् । धार्मिक रूपमा फरक आस्था राखेपनि बलिउड सेलिब्रेटीहरू गणेश चतुर्थीमा एकसाथ देखिएका हुन्छन् ।
यसपटकको गणेश चतुर्थीमा हाँस्य कलाकार भारती सिंह भने भावुक रूपमा प्रस्तुत भइन् । आफ्नो घरमा स्थापना गरेको गणेशको मूर्तिलाई विसर्जन गर्ने क्रममा उनी भावुक भएकी थिइन् ।
विसर्जन हुनु भन्दा अघि भएको गणपति आरतीमा भावुक हुनबाट भारतीले आफूलाई रोक्न नसकेको भिडियो यतिबेला सामाजिक सञ्जालतिर बाहिरिएको छ ।
आफू यो पर्वसँग भावानात्मक रूपमा जोडिएको बताउने भारती भन्छिन्, ‘म पहिलेदेखि नै गणेश भगवानको मूर्ति स्थापना गर्छु । उहाँलाई विदाई गर्न पटक्कै मन पर्दैन । गणेश जीको विदाईमा म भावुक भएँ ।’
विगत एक दशकदेखि हाँस्य कलाकारको रुपमा परिचित भारतीले ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ बाट आफ्नो यात्रा सुरु गरेकी थिइन् । पछि उनी आफ्ना श्रीमान हर्ष लिम्बाचियासँग धेरै टिभी शो होस्ट गर्दे देखिएकी थिइन् ।
यी दवै दम्पत्तिले ‘खतरो के खिलाडी’ र ‘ नच बलिए’ जस्ता रियालिटी टिभी शोहरुमा पनि भाग लिएका थिए ।
उनीहरुबाट एक छोरा पनि छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया