सत्ता गठबन्धनको बैठक बिहीबार बस्दै
काठमाडौं । सत्ता गठबन्धनको बैठक बिहीबार बस्ने भएको छ । आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्नेबारे छलफल गर्न बैठक बस्न लागेको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्नेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरू सहभागी हुने बालुवाटारनिकट स्रोतले जनाएको छ ।
चुनावमा गठबन्धन गर्नेबारे सरकारको नेतृत्व गरिहेको बेला बैठक बस्न लागेको हो । कांग्रेसमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी तालमेलको पक्षमा देखिएका छन् । तर, डा. शेखर कोइराला पक्ष भने विपक्षमा उभिएको छ ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपालगायत सत्तारुढ दल भने तालमेल गरेरै चुनावमा जाने पक्षमा देखिएका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया