NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

सत्ता गठबन्धनको बैठक बिहीबार बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक बिहीबार बस्ने भएको छ । आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्नेबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्नेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरू सहभागी हुने बालुवाटारनिकट स्रोतले जनाएको छ ।

चुनावमा गठबन्धन गर्नेबारे सरकारको नेतृत्व गरिहेको बेला बैठक बस्न लागेको हो । कांग्रेसमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी तालमेलको पक्षमा देखिएका छन् । तर, डा. शेखर कोइराला पक्ष भने विपक्षमा उभिएको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपालगायत सत्तारुढ दल भने तालमेल गरेरै चुनावमा जाने पक्षमा देखिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष