स्थानीय तालिवानको आक्रमणमा पाकिस्तानका छ सैनिकको मृत्यु
काठमाडौं (एजेन्सी) । पाकिस्तानकोे उत्तरपश्चिममा रहेको सेनाको शिबिरमा बुधबार भएको आक्रमणमा पाकिस्तानको स्थानीय तालिबान समूहको आक्रमणमा परी कम्तीमा छ जना पाकिस्तानी सैनिकको मृत्यु भएको सैनिक स्रोतले जनाएको छ ।
ट्याङ्क शहरमा भएको आक्रमणको दावी तेहरेक–ए–तालिवान पाकिस्तान (टिटीपी) ले गरेको दावी उक्त समूहले गरेको छ । पाकिस्तानी तालिवानको यो समूह गत अगस्टमा अफगानिस्तानको सत्ता कब्जा गर्न सफल अफगानी तालिवान समूहसँग निकट रहेको छ ।
पाकिस्तानी सेनाले आक्रमणको पुष्टि गर्दै भनेको छ, “व्यापकरूपमा पाकिस्तानी तालिवान समूह र सेनाबीच सशस्त्र भीडन्त हुँदा छ जना सिपाहीले समाहदत प्राप्त गरेका छन्भने केही घाइते भएका छन् ।”
सेनाले तालिवान समूहतर्फ पनि ठूलो मात्रामा क्षति भएको तर उनीहरूले मृतक तथा घाइतेलाई आफूसँगै लगेको जनाएको छ ।
टीटीपीले दावी गरे अनुसार उक्त आक्रमणमा ३० भन्दा बढी सैनिक घाइते भएका र ठूलो सङ्ख्यामा सैनिक अधिकारीको मृत्यु भएको छ ।
पाकिस्तानमा आतङ्कवादी घोषित विद्रोही यस समूहले अक्सर आफ्नो उपलब्धिलाई बढाइचढाइ गर्ने गरेको पाइन्छ । त्यस्तै सैन्य जनसम्पर्क विभागले पनि नोक्सानी वा रिपोर्ट गर्न ढिला गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया