१९औँ एसियाली खेलकुद: पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै भण्डारीको राष्ट्रिय कीर्तिमान
चीन । १९औँ एसियाली खेलकुद, २०२३ अन्तर्गत चीनको हाङ्जाउमा आज भएको खेलमा नेपाली महिला सुटर श्लिषा भण्डारीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै १० मिटर एयर राइफलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । उनले कुल ६१६ दशमलव ९ अंक जोड्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।
यसअघि उक्त कीर्तिमान कल्पना परियारको नाममा थियो । परियारले उक्त कीर्तिमान सन् २०२० मा जापानको टोकियोमा भएको ओलम्पिकमा कायम गरेकी थिइन् । उनको नाममा ६१६ दशमलव ८ अंकको कीर्तिमान थियो ।
भण्डारीले सुरुआतका तीन चरणमा एक सय एक दशमलव एक, एक सय दशमलव तीन तथा एक सय दुई दशमलव पाँच स्कोर बनाएकी थिएन् । उनले त्यसपछिको तीन चरणमा एक सय पाँच, एक सय चार दशमलव आठ तथा एक सय तीन दशमलव दुई स्कोर गरिन् ।
१९ वर्षीया भण्डारीले गत वर्ष गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट आफ्नो खेल यात्रा प्रारम्भ गरेकी थिइन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया