नेप्सेमा सामान्य अंकको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ ।
आज नेप्से परिसूचक पाँच दशमलव ८९ अङ्कले घटेर दुई हजार चार दशमलव ४५ को बिन्दुमा कायम भएको हो ।
आज विभिन्न कम्पनीका ६५ लाख १६ हजार छ कित्ता सेयर एक अर्ब ५६ करोड ५५ लाख ७३ हजार चार सय ७१ बराबरमा कारोबार भएका छन् । आजको कारोबारमा जलविद्युत् समूहको उपसूचक शून्य दशमलव ९२ र म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ३८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा धेरै लगानी समूहको उपसूचक शून्य दशमलव ९५ प्रतिशतले घटेको छ । माईखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुईवटा कम्पनी शुभम् पावर लिमिटेड र थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सात करोड ६८ लाख ९६ हजार छ सय चार बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सिद्धार्थ इक्विटी फन्डको तीन लाख १९ हजार सात सय कित्ता सेयर किनबेच भएको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया