पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं। पूर्वमन्त्री तथा पूर्वसचिव रामकुमार श्रेष्ठलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । मुद्दा दायर भएको डेढ वर्षमा उनी दोषी ठहर भएका छन् ।
अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा उनलाई न्यायाधीश यमुना भट्टराई र खुशीप्रसाद थारुको इजलासले दोषि ठहर गरेको हो ।
श्रेष्ठलाई ६ महिना कैद सजायसहित ९८ लाख २९ हजार ५ सय ३७ रुपैयाँ जरिवानासहित सोही बराबरको बिगो जफत गर्ने आदेश दिइएको छ ।
उनीविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ फागुन १५ मा मुद्दा दायर गरेको थियो । त्यतिबेला उनी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको नेतृत्वको सरकारमा मन्त्री थिए ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया