पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं। पूर्वमन्त्री तथा पूर्वसचिव रामकुमार श्रेष्ठलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । मुद्दा दायर भएको डेढ वर्षमा उनी दोषी ठहर भएका छन् ।
अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा उनलाई न्यायाधीश यमुना भट्टराई र खुशीप्रसाद थारुको इजलासले दोषि ठहर गरेको हो ।
श्रेष्ठलाई ६ महिना कैद सजायसहित ९८ लाख २९ हजार ५ सय ३७ रुपैयाँ जरिवानासहित सोही बराबरको बिगो जफत गर्ने आदेश दिइएको छ ।
उनीविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ फागुन १५ मा मुद्दा दायर गरेको थियो । त्यतिबेला उनी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको नेतृत्वको सरकारमा मन्त्री थिए ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया