असोज २१ गतेबाट सहुलियत पसल सञ्चालन हुने, कतिम्म छुट पाइन्छ?

काठमाडौं । असोज २१ गतेदेखि दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल सञ्चालनमा आउने भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मंगलबार बसेको बैठकले २१ गतेदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र ठाकुरले दशैं, तिहार र छठ पर्वका लागि २१असोजदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।
उनले पसलमा उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउने जानकारी दिए । सहुलियत पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान लगायतले खाद्यान्न, तेल, दाल, गेडागुडी सहुलियतपूर्ण मूल्यमा उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
-
नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
-
‘प्रचण्ड’ले बोलाए प्रतिपक्षी दलहरूको बैठक
प्रतिक्रिया