आज विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा आज सेप्टेम्बर २७ का दिन विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै छ ।
राष्ट्रसङ्घको स्थापनासँगै आणविक हतियार नष्ट गर्ने विषयले प्राथमिकता पाउँदै आए पनि सन् २०१३ मा सम्पन्न साधारणसभाबाट घोषणा भएसँगै सेप्टेम्बर २७ का दिन अन्तर्राट्रियस्तरमा दिवस मनाउन थालिएको हो ।
विशेषगरी विश्व शीतयुद्धको समाप्त भएपछि संयुक्त राज्य अमेरिका र तत्कालीन सोभियत सङ्घको तर्फबाट यस किसिमको घातक हतियार नष्ट गरेसँगै विश्वमा आणविक हतियारको सङ्ख्या उल्लेखनीय मात्रामा कमी भएको छ । राष्ट्रसङ्घका अनुसार अहिले पनि विश्वभर करिब १२ हजार पाँच सय १३ आणविक हतियार रहेका छन् ।
यसैगरी विश्वका करिब आधा जनसङ्ख्या आणविक हतियार भएका मुलुक र हतियार हुने देशको मोर्चासम्बद्ध देशमा बसोबास गर्दछन् ।
आणविक हतियारका कारण अकल्पनीय धनजनको क्षति हुनबाट जोगाउन र वातावरणसहित पारिस्थितिकीय प्रणालीको संरक्षण गर्ने मूल उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो । यस दिवसका अवसरमा आणविक हतियार उन्मूलनका सन्दर्भमा विश्वभर व्यापक प्रचारप्रसारसहित प्रतिबद्धता जनाउने गरिन्छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया