काठमाडौंमा राहत शिक्षकहरुले प्रदर्शन जारी
काठमाडौं । प्रतिनिधि सभामा पेशमा भएको विद्यालय शिक्षाको विरोधमा आन्दोलनरत राहत शिक्षकहरुले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।
सरकारले नेपाल शिक्षक महासंघसँग गरेको सहमतिले आफ्ना समस्या सम्बोधन नगरेको भन्दै नेपाल राहत शिक्षक केन्द्रीय समितिले प्रदर्शन जारी राखेको हो ।
राहत शिक्षक र कर्मचारीलाई पनि प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने, विद्यालय शिक्षा विधेयकमा यस विषयमा स्पष्ट व्यवस्था गर्नुपर्ने उनीहरूले माग राखेका छन् ।
वर्षौं सेवा गरेका राहत शिक्षकलाई अहिले रित्तो हात घर फर्काउन खोजेको उनीहरूको आरोप छ । दिनहुँ हुने राहत शिक्षकहरुको प्रदर्शनले माइतीघर नयाँबानेश्वर सडकखण्डमा केहीबेर सवारी आवागमन समेत प्रभावित हुने गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया