काठमाडौंमा राहत शिक्षकहरुले प्रदर्शन जारी
काठमाडौं । प्रतिनिधि सभामा पेशमा भएको विद्यालय शिक्षाको विरोधमा आन्दोलनरत राहत शिक्षकहरुले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।
सरकारले नेपाल शिक्षक महासंघसँग गरेको सहमतिले आफ्ना समस्या सम्बोधन नगरेको भन्दै नेपाल राहत शिक्षक केन्द्रीय समितिले प्रदर्शन जारी राखेको हो ।
राहत शिक्षक र कर्मचारीलाई पनि प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने, विद्यालय शिक्षा विधेयकमा यस विषयमा स्पष्ट व्यवस्था गर्नुपर्ने उनीहरूले माग राखेका छन् ।
वर्षौं सेवा गरेका राहत शिक्षकलाई अहिले रित्तो हात घर फर्काउन खोजेको उनीहरूको आरोप छ । दिनहुँ हुने राहत शिक्षकहरुको प्रदर्शनले माइतीघर नयाँबानेश्वर सडकखण्डमा केहीबेर सवारी आवागमन समेत प्रभावित हुने गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया