पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

गण्डकी । मनिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आज पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
चिकित्सकमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेको भन्दै नेपाल चिकित्सक सङ्घ गण्डकीले मङ्गलबार विज्ञप्ति जारी गर्दै प्रदेशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्न आह्वान गरेकामा त्यसमा नेपाल चिकित्सक सङ्घले ऐक्यबद्धता जनाएको थियो ।
गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज आकस्मिकबाहेकका सेवा बन्द गरिएको निर्देशक भरत खत्रीले बताए। आकस्मिकबाहेकका सेवा बन्द हुँदा गाउँगाउँबाट उपचारका लागि आएका बिरामी समस्यामा परेका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया