एमाले बागमती प्रदेश निर्वाचन तालिका परिवर्तन, यस्तो छ पछिल्लो तालिका
काठमाडौं । नेकपा एमालेको बागमति प्रदेशको नेतृत्व चयनका लागि भोली निर्वाचन हुने भएको छ ।
सर्वसम्मच नेतृत्व चयनका लागि सहमति नजुटेपछि निर्वाचन हुने भएको हो ।
प्रदेशको नेतृत्वका लागि केन्द्रीय सदस्य द्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलले अडान नछाडेपछि निर्वाचन हुने भएको हो ।
निर्वाचन कार्यतालिका पटक पटक परिवर्तन भएको छ । निर्वाचनको लागि आज ३ बजे मनोनयन फारम वितरण, ४ देखि ६ मनोनयन दर्ताको समय तोकिएको छ ।
यस्तै ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन, ८ बजे उम्मेदवार अन्तिम नामावली प्रकाशन र भोलि बिहान ११ बजेदेखि मतदान हुनेछ ।
मतदानका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन भइसकेको छ । जसमा एक हजार १ सय ६५ जनाको नाम निर्वाचन स्थलमा टाँसिएको छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया