एमाले बागमती प्रदेश निर्वाचन तालिका परिवर्तन, यस्तो छ पछिल्लो तालिका

काठमाडौं । नेकपा एमालेको बागमति प्रदेशको नेतृत्व चयनका लागि भोली निर्वाचन हुने भएको छ ।
सर्वसम्मच नेतृत्व चयनका लागि सहमति नजुटेपछि निर्वाचन हुने भएको हो ।
प्रदेशको नेतृत्वका लागि केन्द्रीय सदस्य द्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलले अडान नछाडेपछि निर्वाचन हुने भएको हो ।
निर्वाचन कार्यतालिका पटक पटक परिवर्तन भएको छ । निर्वाचनको लागि आज ३ बजे मनोनयन फारम वितरण, ४ देखि ६ मनोनयन दर्ताको समय तोकिएको छ ।
यस्तै ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन, ८ बजे उम्मेदवार अन्तिम नामावली प्रकाशन र भोलि बिहान ११ बजेदेखि मतदान हुनेछ ।
मतदानका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन भइसकेको छ । जसमा एक हजार १ सय ६५ जनाको नाम निर्वाचन स्थलमा टाँसिएको छ ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया