अभियान्ता ईःका माग पूरा गर्ने अधिकार आफूसँग नभएको भन्दै बालेनले लेखे खुला पत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फुटपाथमा व्यवसाय गरिरहेकाहरुलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने माग सम्बोधन गर्न नसक्ने बताएका छन् ।
शाहले अभियन्ता ईंः ले उठाएका माग पूरा गर्न सक्ने अवस्था नरहेको स्पष्ट पार्दै ईंः का नाममा सामाजिक सञ्जालमा खुलापत्र लेखेका छन् ।
फुटपाथ, बाटो तथा राइट अफ वे मा व्यापार गर्नु गैरकानुनी भएको उनको बुझाई छ । यसमा बाध्यता वा परिस्थितिजन्य कुराहरुले भावुक हुन सकिएला तर कानुनले हेर्ने गैरकानुनी भन्दा अलग नभएको मेयर शाहले जवाफ दिएका छन् ।
ईंले कतैबाट परिचालित भएको भनेर उनले उठाएका मागहरुलाई आफूले नपन्छाउने बालेनले बताएका छन् । आफूसँग वार्तामा बस्न आग्रह गर्दा ईंःले नमानेको दावी पनि उनले गरेका छन् ।
‘तपाई जे कुराका लागि उभिनु भएको छ, त्यसका लागि एउटा सूचनाको हक प्रयोग गरेर पत्र दिएको भए पनि प्राप्त हुन्थ्यो,’ उनले भनेका छन्, ‘तपाईले त्यो संस्थागत बाटो नसमात्नुमा भने दुख लागेको छ ।’
बालेनले सरकारसँग मिलेर फुटपाथ व्यापारीहरुलाई भृकुटीमण्डपमा व्यवस्थापन गर्न कोसिस गरेपनि फुटपाथ खाली नभएको बताएका छन् । सरकारको सरकारी जग्गा दिने वा नदिने अधिकार महानगरसँग नभएको भन्दै उनले भनेका छन्, ‘तपाईंको माग पूरा गर्ने अधिकार हामीसँग नभएको बुझ्नु भयो नै होला ।’
आफूले चुनावी एजेन्डा नबिर्सिएको भन्दै मेयर बालेनले अभियन्ता ईःलाई ‘गरिबको सधैको लागि बोल्दिने काठमाडौ महानगर छ’ भन्ने जवाफ समेत दिएका छन् ।
राष्ट्रियसभा गृह अगाडि ९ दिनदेखि अभियन्ता ईः उभिएर विरोध जनाइरहेका छन् । मंगलबार मात्रै महानगर र ईःको वार्ताटोलीबीच छलफल भए पनि वार्ता असफल भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया