पार्किङ गरिएका दुई सवारीसाधनमा आगजनी
म्याग्दी । बेनी–दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रहेको दुई सवारीसाधनमा आगजनी भएको छ । आज बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका भ्यान र ट्याक्सीमा अज्ञात व्यक्तिबाट आगजनी गरिएको बताइएको छ । सडकमै पार्किङमा रहेका ध १ ज ९८६ नं को भ्यान र ध १ ज ७२६ नं को ट्याक्सीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार सवारी साधनमा आगलागी गर्ने व्यक्तिको पहिचान भएको छैन ।
बुधबार बेलुका करिब ७ बजे दुबै सवारीसाधन एक आपसमा ठोक्किएर सामान्य दुर्घटना भएपछि भएको क्षति दुबैपक्षले एकआपसमा व्यहोर्ने गरी मिलापत्र गराइएको थियो ।
दुवै सवारी साधनका धनी स्थानीयवासी नै भएकाले तिनलाई डम्मरास्थित सडकमै पार्किङ गरिएकामा आगलागी भएपछि घटना रहस्यमय बनेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया