कामपाभित्रका यी क्षेत्रमा आज, भोलि र १५ गते सवारी आवागमन निषेध

काठमाडौं । काठमाडौं महानगर भित्रका विभिन्न स्थानमा आज, भोलि र असोज १५ गते सवारी आवागमन निषेध निषेध गरिएको छ ।
इन्द्रजात्राका लागि सवारी व्यवस्थापन गर्न भन्दै यस दिन बसन्तपुर भएर जानुपर्ने यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न महानगरले अनुरोध गरेको हो ।
महानगरले सूचना जारी गर्दै भनेको छ, ‘इन्द्रजात्राका साँस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलापहरु हिँडेर सञ्चालन गरिन्छन् । यसर्थ निम्न क्रियाकलाप हुने दिनमा तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन, त्यस मार्गबाट गन्तव्य जानुपर्ने यात्रुहरुले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पुर्याउनुहुन अनुरोध गर्दछौँ ।’
इन्द्रजात्राका अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक विदा समेत दिएको छ ।
सवारी निषेध क्षेत्र
११ गते रथयत्रा हुने स्थान : बसन्तपर, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म
१२ गते रथयात्रा हुने स्थान : वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेँगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द«बहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर ।
१५ गते रथयात्रा हुने स्थान : बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच भेट
-
नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा मुद्दा
-
युनाइटेड सिमेन्ट्सकाे नि:शुल्क सिलाई-कटाई प्रशिक्षण कार्यक्रम सम्पन्न
-
‘बजेटमा साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’
-
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाइने
प्रतिक्रिया