आजको विनिमय दर : कति पुग्यो डलरको भाउ ?
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज बिहिबारको लागि जारी गरेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ ८६ पैसा र बिक्री दर १३३ रुपैयाँ ४६ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १४० रुपैयाँ २२ पैसा र बिक्री दर १४० रुपैयाँ ८५ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ३२ पैसा र बिक्री दर १६२ रुपैयाँ ५ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४४ रुपैयाँ ७६ पैसा र बिक्री दर १४५ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८४रुपैयाँ ६१ पैसा र बिक्री दर ८४ रुपैयाँ ९९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ १६ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ६० पैसा छ ।
राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९० पैसा र बिक्री दर ८ रुपैयाँ ९४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १७ पैसा र बिक्री दर १८ रुपैयाँ २६ पैसा रहेको ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया