बुहारी भित्राउन विप्लवलाई चटारो: होटलमा इन्गेजमेन्ट, पार्टी कार्यालयमा विवाह, ब्यांक्विटमा पार्टी

काठमाडौं । कम्युनिष्ट राजनीतिको नेपालमा प्रभाव सुरु भएसँगै जनवादी विवाह सुरुवात भएको पाइन्छ ।
विभिन्न कुरीतिलाई जरैदेखि उखेल्ने उद्देश्यले कम्युनिष्ट राजनीतिमा आस्था राख्ने नेता कार्यकर्ताहरुले यो विवाहलाई महत्वकासाथ अंगालेको इतिहास पाइन्छ ।
हिजो माओवादी जनयुद्धताका यो किसिमको विवाहलाई निकै महत्व दिने गरिएको थियो । तथापि, यो त्यहाँ भन्दा अगाडि पनि प्रचलनमा रहेको भन्ने पनि सुनिन्छ ।
खासगरि माओवादीहरुले यो विवाहलाई बढि प्रचलनमा ल्याए । जनवादी विवाह (प्रगतिशील विवाह) सामान्य तवरले वैवाहिक बन्धनमा बाधिनु हो, न कुनै भड्किलो तरिकाले हो ।
माओवादीहरुले युद्धकालमा यसलाई प्राथमिक्ताका साथ लागु गरे । अहिले भने उनिहरु यो विवाहलाई ‘हात्तिको देखाउने र चपाउने दात फरक’ जस्तै भइसक्यो ।
हिजो मात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द पुत्र डा. प्रकाश बुधबार विवाह बन्धनमा बाधिए ।
नेकपा निकट जनस्वास्थ्यकर्मी संघका महासचिव डा. प्रकाशले पेशाले चिकित्सक चितवनकै मान्यता थापासँग बुधबार लगन गाँठो कसे ।
पार्टी केन्द्रीय समितिले आयोजना गरेको विवाह कार्यक्रममा प्रकाश सदाझैं सर्ट र पाइन्टमा उपस्थित थिए भने डा. मान्यता सारी र ब्लाउजमा सामान्य ढंगले सजिएकी थिइन् ।
त्यसलाई प्रगतिशील विवाह भनिएको थियो । पार्टीका नेता तथा कार्यकर्तालाई साक्षी राखेर निकै संक्षिप्त रूपमा गरिएको विवाह कार्यक्रममा ३० हजार रूपैयाँ मात्र खर्च भएको बताइएको थियो ।
डा. प्रकाशले यसरि सामान्य तवरमा विवाह गरेको भन्दै उनको प्रशंसा पनि भएको थियो । खासमा विवाह सामान्य किसिमले मात्रै नभएको पाइएको छ ।
उनको विवाहमा इन्गेजमेन्टदेखि पार्टी दिनेसम्मका कार्यक्रमसहित तडक भडकरुपमा विवाह गरिएको देखिएको छ । बुधबार विवाह बन्धनमा बाधिएका प्रकाशको केहि समय अगाडी नै होटलमा धुमधाम इन्गेजमेन्ट गरिएको थियो ।
३० हजार खर्चिएर गरिएको भनिएको विवाहको पार्टी भने आज ब्यांक्विटमा दिइएको पाइएको छ ।
जनयुद्धको समाप्तीसँगै स्वयम् माओवादीका नेताहरु नै पैसाको माला, दुबोको माला लगाएर, ठूला–ठूला भोजभतेरको आयोजना गरेर आफ्नो तथा आफन्तको विवाह गराउन थालेसँगै यो किसिमको विवाह करिब–करिब लोप हुने दिशामा छ ।
यति बेला महासचिव विप्लबलाई पनि यहि तामझाममा बुहारी भित्राउन चटारो छ ।
engagement ani party gahana luga herda 30 hajar hain 2-3 karod chahi bhayo hola. 30 hajar ma yesto bhabya bibaha kasari hudo raicha ni?