रोलरबाट डिजेल चोरी गर्ने दुई जना पक्राउ

गोरखा । आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा पार्किङ गरी राखिएको रोलरबाट डिजेल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । चाइना कम्युनिकेशन कन्ट्रक्सन प्रालिको रोलरबाट डिजेल चोरी गरेको अभियोगमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–५ याम्पा बस्ने २७ वर्षीय सुलोचन भट्टराई ररुपन्देहीको तिलोत्तमा नगरपालिका–१० बस्ने २८ वर्षीय रामबहादुर चमार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक खाँणले जानकारी दिए ।
उनीहरुलाई रोलरबाट एक सय दश लिटर डिजल चोरी गरी बा२०च ७४९ नम्बरको हायलक्स गाडीमा लोड गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेकाविरुद्ध तनहुँ अदालतबाट सात दिनको म्याद थप गरिएको छ ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया