चीन वामपन्थी एकताको पक्षमा छ : देव गुरुङ
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं संसदीय दलको प्रमुख सचेतक देव गुरुङले मित्रराष्ट्र चीनले नेपालका वामपन्थी दलहरू एक ठाउँमा भएको हेर्न चाहेको बताएका छन् । चीनको पाँच दिने भ्रमण सकेर मंगलबार स्वदेश फर्किएका गुरुङले वामपन्थी शक्तिहरूबीच एकतामा चीनले चासो दिनु स्वभाविक भएको प्रतिकृया दिए ।
‘असल छिमेकी र भाइचारा सम्बन्धका हिसाबले नेपालका वामपन्थी शक्तिहरू पुनः एकजुट होस् भन्ने चीनको चाहना रहेको मैले महशुस गरें’, नेपालवाचसँग उनले भने, ‘नेपालको स्थिरता, स्थाइत्व र विकासका लागि वामपन्थी शक्ति एकजुट हुन सूझाव दिएका छन् ।’ त्यस्तै उनले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास भएकोप्रति चीनले चासो दिएको जानकारी दिए । एमसिसी संसदबाट अनुमोदनपछि नेपालले त्यसलाई कसरी अगाडि बढाउँछ भन्नेमा उनीहरूको जिज्ञासा रहेको गुरुङले बताए ।
‘चिनीया नेताहरूको बुझाइमा एमसिसी इन्डो प्यासेफिक रणनीतिको अंग भएको बुझाइ रहेको मैले पाएँ’, उनले भने, ‘एसिया प्रशान्त क्षेत्रमा शान्ति, स्थिरता र विकासका लागि अमेरिकाले आफ्नो रणनीति फराकिलो बनाउँदै छ । त्यसमा उनीहरूको चासो देखिन्छ ।’
वामपन्थी शक्ति एक ठाउँमा आउने सम्भावना रहेपनि तत्काल त्यो सम्भावना नरहेको उनले बताए । ‘चाइना फाउन्डेसन फर पिस एन्ड डेभलपमेन्ट’ नामक संस्थाको निमन्त्रणामा गुरूङ चैत ११ गते वेचिङ गएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया