काठमाडौंका पूर्व वडा सदस्यलाई ९ महिना कैद
काठमाडौं । काठमाडौं महानगरपालिका– १४ का पूर्वसदस्य वसन्त महर्जन भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै उनलाई कैद र जरिवानाको सजाय सुनाएको हो।
विशेषका न्यायाधीशत्रय यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासबाट यस्तो फैसला आएको हो। विशेषका अनुसार महर्जनलाई नौ महिना कैद तोकिएको छ। यसैगरी दुई लाख रुपैयाँ जरिवाना पनि सुनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि २० माघ ०७८ मा मुद्दा दायर गरेकोमा दोषी ठहर हुने फैसला भएको हो। वडासदस्य महर्जन २१ भदौ ०७८ मा दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया