काठमाडौंका पूर्व वडा सदस्यलाई ९ महिना कैद
काठमाडौं । काठमाडौं महानगरपालिका– १४ का पूर्वसदस्य वसन्त महर्जन भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै उनलाई कैद र जरिवानाको सजाय सुनाएको हो।
विशेषका न्यायाधीशत्रय यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासबाट यस्तो फैसला आएको हो। विशेषका अनुसार महर्जनलाई नौ महिना कैद तोकिएको छ। यसैगरी दुई लाख रुपैयाँ जरिवाना पनि सुनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि २० माघ ०७८ मा मुद्दा दायर गरेकोमा दोषी ठहर हुने फैसला भएको हो। वडासदस्य महर्जन २१ भदौ ०७८ मा दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया