अमेरिकाको भ्रमण सकाएर फर्किए सिके राउत
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत स्वदेश फर्किएका छन् । संयुक्त राज्य अमेरिकाको भ्रमणमा गएका उनी शनिबार बिहान स्वदेश फर्किएका हुन् ।
जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले अमेरिकाको भ्रमण पूरा गरी आफ्नो पार्टीका राष्ट्रिय अध्यक्ष राउत आज स्वदेश फर्किएको जानकारी दिए ।
अमेरिकामा दश दिन बिताएर स्वदेश फर्किएका राउतलाई स्वागत गर्न विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ता पुगेका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया