फरार अभियुक्त उत्तरी नाकाबाट सुन तस्करी गर्न पुनः सक्रिय
काठमाडौं । हङकङबाट हवाईमार्ग हुँदै ब्रेक सू र विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन ल्याउने गिरोहकै योजनामा दोलखा र रसुवाका चिनियाँ नाकाबाट तस्करीको सुन आइरहेको पाइएको छ ।
त्रिभुवन विमानस्थल हुँदै तस्करीको आरोपमा फरार गिरोहका सदस्य नै दोलखा, रसुवाबाट सुन तस्करीमा सक्रिय भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
६१ किलो सुन तस्करीमा चिनियाँ नागरिक दावाजिन वाङसहितका अभियुक्त फरार छन् । यद्यपि, यो मुद्दाको अनुसन्धान सकिएर मुद्दा अदालत पुगिसकेको छ ।
पूर्वसभामुख कृष्णबहादुर महरासहित माओवादी नेताका परिवारसँग निकट सम्बन्ध बनाएका सुन तस्करीका अभियुक्त दाबा छिरिङ तथा थप ८ विदेशी हाल थुनामा छन् । तर यो गिरोहकै १५ जना फरार छन् । फरार व्यक्तिकै योजनामा दोलखा र रसुवाका चिनियाँ नाकाबाट सुन ल्याउने गरेको पछिल्लो अनुसन्धानले देखाएको हो, कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया