ओखलढुङ्गाका जिसस प्रमुख खनालको निधन
ओखलढुङ्गा । जिल्ला समन्वय समिति (जिसस) ओखलढुङ्गाका प्रमुख डिल्लीराम खनालको ७३ वर्षको उमेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा गएराति निधन भएको छ ।
उनी आमासयको ‘क्यान्सर’बाट पीडित थिए ।
०७९ सालको निर्वाचनबाट सिद्धिचरण नगरपालिका–३ को वडा सदस्य निर्वाचित उनी जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएका थिए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाका पूर्वउपसभापति, पूर्वमहासमिति सदस्यसमेत रहेका खनाल जिल्लामा कांग्रेसका अभिभावक नेता मानिन्छन् ।
कांग्रेसका नेता खनालको निधनले पार्टी र सिङ्गो ओखलढुङ्गा जिल्लालाई अपुरणीय क्षति पु–याएको कांग्रेस नेता एवं सांसद नेता रामहरि खतिवडाले बताए ।
खनालका दुई छोरा, दुई छोरी छन् । दिवङ्गत खनालको आजै पशुपतिमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया