‘आफन्त पोस्न ग्यासको मूल्य बढाइयो’
काठमाडौं । नेपाल आयल निगमले ग्यास तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको नयाँ सूचीमाथि उपभोक्तकर्मी आक्रोशित बनेका छन् ।
उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले ग्यासमा पारिवारिक व्यवसाय प्रवद्र्धन गर्नकै लागि मूल्यवृद्धि गरिएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले महिनादिन नबित्दै गरिने मूल्यवृद्धिले राज्यसत्ताको दुरूपयोग भएको बताए ।
यस्तो अवस्थामा आवाज उठ्नुपर्ने संसदको उपस्थितीमात्रै उनले प्रश्न उठाएका छन् । ‘देशमा संसद छ कि छैन् ? नागरिकको लागि बोल्ने कोही छ कि छैन ? लुट उपर छानबिन गर्ने कोही छ कि छैन ? भए छानबिन गर्न र मूल्यवृद्धि फिर्ता गर्न अनुरोध छ,’ उनले आक्रोश पोखेका छन् । यो अभियानमा सहयोग गर्न पनि आफूहरू तयार रहेको उनले बताए ।
बानियाँका अनुसार नेपाल ग्यासकोमात्रै भण्डारण क्षमता काठमाडौंमा हजार मेट्रिक टन र उपत्यका बाहिर चितवन बर्दिबास, बाँके आदिमा २५००० मेट्रिक टन भन्दा बढी छ । पहिला र अहिले पूरा भण्डारण गर्न लगाएर एक महिनाभित्रै प्रति सिलिण्डर ४५० रूपैयाँ मूल्यवृृद्धि भएको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।
गए रातिबाट निगमले खाना पकाउने एल.पि.जी ग्यासको प्रति सिलिण्डर २३५ रूपैयाँले वृद्धि गरेको छ ।
निगमले यो मूल्य आज राति १२ बजेदेखि लागू गराएको हो । अब १८९८ रहेको ग्याँसको मूल्य २११० रुपैयाँ भएको हो । एक महिनाको अवधीमा प्रति सिलिण्डर ४५० रूपैयाँले वृद्धि भएको छ । गत भदौ १४ मा मात्रै ग्यासको मूल्य प्रतिसिलिण्डर १६६० रूपैयाँबाट १८९५ रूपैयाँ पुगेको थियो ।
निगमले भारतीय कायल कर्पोरेशनबाट आजबाट मूल्यवृद्धिको नयाँ सूची सार्वजनिक गरेसँगै नेपालमा पनि ग्यास, पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढाएको छ । योसँगै पेट्रोल तथा डिजेल/मट्टितेलमा क्रमशः प्रति लिटर ४ र ३ रुपैयाँले मूल्य वृद्धि भएको हो ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया