प्रहरी महानिरीक्षक कुँवरले दिए दीपेन्द्रलाई बधाई
काठमाडौं । नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तानसमेत रहेका राष्ट्रिय खेलाडी दीपेन्द्र सिंह ऐरीलाई प्रहरी महानिरीक्षक वसन्तुबहादुर कुँवरले बधाई दिएका छन् ।
ऐरीले मित्रराष्ट्र चीनमा भइरहेको १९औँ एशियन खेलअन्तर्गत टी–२० क्रिकेटतर्फ विश्व रेकर्ड राख्न सफल भएको भन्दै प्रहरी महानिरीक्षक कुँवरले बधाई ज्ञापन गरेका हुन् ।
उनले सन् २०२३ सेप्टेम्बर २७ मा मङ्गोलिया विरुद्धको खेलमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय पुरूष क्रिकेट टिमको तर्फबाट आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी कीर्तिमान कायम गरेका थिए ।
प्रहरी महानिरीक्षक कुँवरले आज नेपाल प्रहरीको तर्फबाट कप्तान ऐरीलाई बधाई साथै नेपाली खेलाडीलाई सफलताको शुभकामना व्यक्त गरे ।
चीनमा भइरहेको १९औँ एशियन गेम्समा नेपाल प्रहरीको तर्फबाट पुरुष क्रिकेट, कराते, महिला फुटबल, टेबलटेनिस, तेक्वान्दो, उसु, जुडो, बक्सिङ, ब्याडमिण्टन, कबड्डी, आर्चरी, महिला भलिबल, पुरुष भलिबल, एथ्लेटिक्स तथा भारोत्तोलनलगायत खेलमा ४७ खेलाडी सहभागी छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया