NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

रातभर के-के भए : मलङ्गवाको ‘कर्फ्यू’ हट्यो, स्पेनी रात्रि क्लबमा आगलागी

पूर्णरूपमा हट्यो मलङ्गवामा ‘कर्फ्यू’
सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा रातिको समयमा जारी गरिँदै आएको ‘कर्फ्यू’लाई पूर्णरूपमा हटाइएको छ ।

यसअघि असोज ८ गते दिउँसोको कर्फ्यू हटाइएको थियो भने राति ८ बजे बिहान ४ बजेसम्म कर्फ्यू लगाइँदै आएको थियो । आइतबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वदलीय सर्वपक्षीय समन्वय सहजीकरण बैठकले चारबुँदे निर्णय गर्दै मलङ्गवामा जारी कर्फ्यू आदेशलाई आइतबारदेखि पूर्णरूपमा निष्क्रिय गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

प्रजिअ यादवका अनुसार मलङ्गवाको वातावरण समान्य भएपछि पूर्णरूपमा कर्फ्यू हटाइएको हो । यही असोज ४ गते बिहीबार राति १० बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो । त्यसपछि असोज ८ गतेदेखि दिउँसोको कर्फ्यूलाई हटाइएको थियो भने राति ८ देखि बिहान ४ बजेसम्म कर्फ्यू आदेशलाई निरन्तरता दिँदै आएको थियो ।

वडाध्यक्षको निधन
राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालकिाका–१ का वडाध्यक्षको आइतबार निधन भएको छ ।

नगरपालकिाको वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद रायको हृदयघातका कारण निधन भएको नगरप्रमुख रामलखन मलहाले जनाकारी दिए ।

६५ वर्षका वडाध्यक्ष राय पछिल्लो छ महिनायता प्यारालाइसिसका कारण बिरामी परेका थिए । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित उपचार गरिँदै आएका थिए ।

इन्द्रजात्रा अवलोकन गर्न आएका पाहुना फर्किए
काठमाडौं । यस वर्षको इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी पाहुनाहरू स्वदेश फर्केका छन् । यस वर्ष यही असोज ११ गते इन्द्रजात्राको मुख्य दिन परेको थियो । असोज १० गते काठमाडौं आइपुगेका पाहुनाहरू जात्रा सकिएसँगै स्वदेश फर्किएका हुन् ।

आमन्त्रित विदेशी अतिथि (१६ वटा भगिनी सम्बन्ध र नौवटा अन्तरराष्ट्रिय सङ्घसंस्था) मध्ये यस वर्ष तीनवटा देश (चीन, अमेरिका र दक्षिण कोरिया) का पाँचवटा नगर र एउटा संस्थाबाट प्रतिनिधि आएका थिए । यसमा चीनका छेन्दु, सियान, चान्चाउ र नान्जिन गरी चारवटा नगर र अमेरिकाको फेडरिसबर्ग नगरका प्रतिनिधि थिए । उनी सबै स्वदेश फर्किसकेका छन् ।

त्यसैगरी काठमाडौं महानगरपालिकासँग सम्बन्ध भएका र जात्रा अवलोकन गर्न आएका स्वदेशी पाहुनाहरू पनि फर्किसकेका छन् ।

स्पेनी रात्रि क्लबमा आगलागी, मृत्यु हुनेको सङ्ख्या तेह्र पुग्यो
म्याड्रिड । दक्षिण–पश्चिम स्पेनको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मर्सिया शहरको बाहिरी भागमा रहेको टेट्रे नाइट क्लबमा आगलागी भएको हो । स्वास्थ्य सावधानी तथा आपतकालीन सेवा संयोजन केन्द्रले १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष