कति अंकले बढ्याे नेप्से ?
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ ।
आज परिसूचक पाँच दशमलव १९ अङ्कले बढेर एक हजार नौ सय ७६ दशमलव २९ अङ्कमा कायम भएको हो ।
आज दुई सय ८६ कम्पनीको ५७ लाख ७६ हजार आठ सय ९६ कित्तासेयर ८५ हजार पाँच सय ९१ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ बराबरको कारोबार भएको छ ।
होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहको उपसूचक घट्दा अरु सबै समूहका उपसूचक बढेको छन् । सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव ३३ र म्युचुअल फन्ड समूहको उपसूचक एक प्रतिशतले बढेको छ ।
आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै मूल्य घट्नेमा भने पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव २९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआइसी एशिया बैंक लिमिटेडको रू २१ करोड ६८ लाख नौ हजार एक सय ४१ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई लाख ८७ हजार ५२ कित्ता सेयर किनबेच भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया