NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

भारतविरुद्ध नेपालले लियो दोस्रो विकेट

काठमाडौं । चीनमा जारी १९औँ एसियाड अन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा मंगलबार भारतसँग टस हारेर नेपाल फिल्डिङमा उत्रिएको छ ।

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा अहिले भइरहेको खेलमा नेपालले भारतको पहिलो विकेट लिएको छ।

भारतका कप्तान रुतुराज गायकवाडलाई दीपेन्द्रसिंह ऐरीले २५ रनमा आउट गरेका छन्। भारतले ९.५ ओभरमा पहिलो विकेट गुमाउँदा १०३ रन जोडेको थियो भने अहिले १११ रन बनाउँदा दोस्रो विकेट पनि गुमाएको छ । नेपालका सोमपाल कामीले भारतका तिलक बर्माको विकेट लिएका हुन् ।

टेस्ट मान्यता प्राप्त भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ‘ए’ मा मंगोलियालाई विश्वकीर्तिमानी रुपमा २ सय ७३ रनले हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै अन्तिम आठको स्थान पक्का गरेको हो ।