७७ रनमा तेस्रो विकेट गुमाएपछि दबाबमा नेपाल
काठमाडौं । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतविरुद्ध नेपालले ७७ रन जोड्दा तेस्रो विकेट गुमाएको छ। नेपालका लागि कुशल मल्ल २२ बलमा २९ रन बनाउँदै आउट भएका छन् ।
यसघि नेपालका कुशल भुर्तेलले ३२ बलमा २८ रन बनाउँदै आउट भएका हुन् । नेपालले २९ रन जोड्दा पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमाएको हो ।
टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा २०२ रन जोडेको थियो । भारतका यसस्वी जैसवाल एक सय रन जोडेर आउट भए। उनले ४८ बलमा सतक पुरा गरेका थिए।
भारतका लागि रुतुराज गाइक्वाडले २५ रन बनाए भने रिंकु सिंहले १५ बलमा ३७ रन बनाउन सफल भए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट झारे । भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया