आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
काठमाडौं । नेपालमा आजदेखि चट्याङ र यसको रोकथामका विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । ललितपुरमा हुने उक्त सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित झण्डै एक सय जनाको सहभागिता रहने छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नुहुने उक्त सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद् प्रा डा श्रीराम शर्माले जानकारी दिए ।
उनका अनुसार सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायत देशबाट विज्ञको सहभागिता रहने छ । यही असोज १९ गतेसम्म चल्ने सो सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषयका बारेमा छलफल हुने बताइएको छ ।
मुख्य गरी उक्त सम्मेलनले नीति निर्माणमा सहयोग गर्ने गरी रणनीति तय गर्ने चट्याङविद् प्रा डा शर्माले जानकारी दिए । उनका अनुसार प्रस्तुत हुने ४४ शोधपत्रमध्ये २८ वटा नेपालका रहने छन् ।
नेपाल चट्याङको उच्च जोखिम मुलकुमा पर्छ । अनुसन्धान भएका मुलुकमध्ये चट्याङको चौथो जोखिम मुलुकमा रहेको प्रा डा शर्माले बताए । औषतमा वार्षिक झण्डै एक सय जनाले चट्याङबाट ज्यान गुमाउने र तीन सयभन्दा बढी घाइते हुने गरेका छन् ।
ताजा अपडेट
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
-
‘सभामुख पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग भयो’
-
कांग्रेसले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ : उपाध्यक्ष पौडेल
प्रतिक्रिया