एमालेले महिनाको २ करोड ५० लाखका दरले वर्षमा ३० करोड कमाउँदै
काठमाडौं । नेकपा एमालेले निष्क्रिय रहेको कोष व्यवस्थापनमा रहेको अस्तव्यस्ता दुरुस्त गर्ने प्रक्रिया आरम्भ गरेको छ ।
०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि नेकपाको निरन्तरताको रूपमा नेकपा (एमाले) पुनः क्रियाशील भएदेखि कोष व्यवस्थापन प्रारम्भ गरेको हो ।
चैत ९ र १० मा काठमाडौंमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकको तेस्रो बैकको निर्णय अन्तरपार्टी निर्देशन(अपानी–३) सार्वजनिक गर्दै खाताहरूको खोजी गर्ने, मौज्दात रकम रुजु गर्ने र संविधान र कानूनको अधीनमा रही पार्टीको कोष व्यवस्थापन गर्ने काममा केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभाग क्रियाशील बनाउने उल्लेख छ ।
पार्टीको दिगो आर्थिक स्रोतका लागि विभागका प्रमुखले ५ हजार लेवी दिने ५ हजार जना अभियान (फाइभ थाउजेण्ड बाइ फाइभ थाउजेण्ड अभियान) सुरु गर्ने भएको छ । यसमा एमालेका उच्च आय भएका ५ हजार सदस्यले यस कार्यकालभरी नै अनलाइनमार्फत् हरेक महिना रु ५ हजारका दरले योगदान गर्नुपर्नेछ । तसर्थ बैठकबाट केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थापन विनियम, २०७८ पारित गरिएको छ । यस विनियम पारित भएसँगै एमालेले प्रत्येक महिना दुई करोड ५० लाख लेवी उठाउने भएको छ । यो हिसाबले वर्षको ३० करोड उठाउने लक्ष्य एमालेले लिएको हो ।
यो सँगै २०७५ जेठ ३ गते पार्टी एकीकरण भएदेखि पार्टीको कोष व्यवस्थापन तथा नियन्त्रण गर्न बनेको नेकपा (एमाले) केन्द्रीय आर्थिक व्यवस्थापन विनियम, २०६७ निष्क्रिय भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया