नेपालगञ्जमा कर्फ्यु खुकुलो बनाउने निर्णय
काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजोदेखि जारी भएको कर्फ्यु सर्वपक्षीय बैठकले खुकुलो बनाउने निर्णय गरेको छ ।
बैठकले शान्ति सुरक्षाको वर्तमान अवस्था सामान्य अवस्थामा ल्याउने र नेपालगञ्ज क्षेत्रमा जारी रहेको कफ्यु खुकुलो बनाउँदै लगी पूर्ण रुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।
सामाजिक सञ्जालबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुनबमोजिम कडा कारबाही गर्ने निर्णयमा उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया