नेपालगञ्जको कर्फ्यू हट्यो, राति फेरि लाग्ने
काठमाडौं । नेपालगञ्जमा मंगलबारदेखि लगाइएको कर्फ्यू आंशिक रूपमा हटाइएको छ । अवस्था केही सहज बन्दै गएपछि अहिले बिहान ८ बजेबाट कर्फ्यू हटाइएको हो । कर्फ्यू हटे पनि सम्भावित जोखिमलाई ख्याल गरेर निषेधाज्ञा यथावत् गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेले यसअघि घोषणा गरिएको अनिश्चितकालीन कर्फ्यू स्थानीय प्रशासन ऐन, २०२८ अनुसार, अहिले बिहान ८ बजेदेखि हटाउने निर्णय गरिएको जनाएको छ ।
अहिले बिहानबाट हटाइएको कर्फ्यू राति ८ बजेबाट भोलि बिहान ६ बजेसम्म जारी रहने बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यद्वारा जारी आदेशमा उल्लेख छ ।
कर्फू हटे पनि निषेधाज्ञा भने यथावत् छ । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्रको पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाको चार किल्लाभित्र भेला, जुलुस, सभा, बैठक, प्रदर्शन गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ ।
दुई धर्म मान्ने समुदायबीच तनावको स्थिति बनेपछि त्यसलाई नियन्त्रणमा लिन गत मंगलबार जिल्ला प्रशासन कार्यालय, बाँकेले कर्फ्यू आदेश जारी गरेको थियो । कर्फ्यू आदेशले यहाँको वातावरण सामान्य बन्न थालेपछि प्रशासनले बिहान र दिउँसोको समयमा कर्फ्यू हटाएर निषेधाज्ञा मात्र जारी गरेको हो ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया