शिक्षक पदका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिएको परीक्षाको नजिता सार्वजनिक गरेको छ ।
आयोगले यही असोज १७ गते सञ्चालन गरेको अन्तर्वार्तामा सहभागी उम्मेदवारहरुको लिखित प्राप्ताङ्कसहितको आधारमा नतिजा प्रकाशन गरेको हो ।
शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम अर्थशास्त्र, संस्कृत भाषा, संस्कृत साहित्य, संस्कृत व्याकरण, शुक्लयजुर्वेद, कम्प्युटर विज्ञान, शिक्षा र स्वास्थ्य शिक्षा विषयमा नियुक्ति सिफारिसका लागि छनोट भएका उम्मेदवारहरुको योग्यतासहितको नजिता प्रकाशन गरिएको हो ।
विस्तृत जानकारीका लागि आयोगको वेबसाइटमा हेर्न सकिनेछ ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया