ट्राफिक प्रहरीले अब कलम र डायरी अनिवार्य बोक्नुपर्ने
काटमाडौं । उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले ड्युटीको समयमा अब अनिवार्य डायरी र कलम बोक्नुपर्ने भएको छ ।
ट्राफिक प्रहरीले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षाका लागि ड्युटीमा खटिँदा हुने घटना तथा अन्य विवरणहरू तत्काल भुल्न सक्ने भएकाले डायरी र कलम अनिवार्यद गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले एक कार्यक्रमबीच उपत्यकामा कार्यरत करिब १६०० ट्राफिक कर्मचारीलाई डायरी तथा कलम वितरण गरे ।
ट्राफिक व्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले सो सामाग्री वितरण गरिएको एसएसपी जोशीले बताए ।
ड्युटीको समयमा सवारी दुर्घटनाहरूको टिपोट गर्न, दुर्घटना गरेर फरार वा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनको नम्बर टिपोट गर्न, विभिन्न घटनाहरूको टिपोट गर्न ईत्यादि प्रयोजनको लागि डायरी र कलम दिएको पनि उनले जानकारी दिए ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया