ट्राफिक प्रहरीले अब कलम र डायरी अनिवार्य बोक्नुपर्ने
काटमाडौं । उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले ड्युटीको समयमा अब अनिवार्य डायरी र कलम बोक्नुपर्ने भएको छ ।
ट्राफिक प्रहरीले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षाका लागि ड्युटीमा खटिँदा हुने घटना तथा अन्य विवरणहरू तत्काल भुल्न सक्ने भएकाले डायरी र कलम अनिवार्यद गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले एक कार्यक्रमबीच उपत्यकामा कार्यरत करिब १६०० ट्राफिक कर्मचारीलाई डायरी तथा कलम वितरण गरे ।
ट्राफिक व्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले सो सामाग्री वितरण गरिएको एसएसपी जोशीले बताए ।
ड्युटीको समयमा सवारी दुर्घटनाहरूको टिपोट गर्न, दुर्घटना गरेर फरार वा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनको नम्बर टिपोट गर्न, विभिन्न घटनाहरूको टिपोट गर्न ईत्यादि प्रयोजनको लागि डायरी र कलम दिएको पनि उनले जानकारी दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया