नेपालगञ्जमा पुन: कर्फ्यू, पाँच जनाभन्दा धेरै भेला हुन नपाइने
रुपन्देही । बाँकेको नेपालगन्जमा बिहीबार हटाइएको कर्फ्यु आज पुनः लगाइएको छ । हिन्दू-मुस्लिम समुदायबीचको विवाद पुनः उत्पन्न भएपछि कर्फ्यु लगाउनुपरेको स्थानीय प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज क्षेत्रमा आज बिहान ६ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाभित्र कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
यसअघि बिहीबार बिहान ८ बजेबाट राति ८ बजेसम्म १२ घण्टाका लागि कर्फ्यु हटाएको थियो । विवाद समाधानको लागि बुधबार सर्वपक्षीय बैठक बसेर कर्फ्यु हटाउने सहमति गरिएको थियो ।
कर्फ्यु लगाइएको क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन, पोस्टर, पर्चा टाँस्न नपाइने, हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने जिल्ला प्रशासन कार्यलय बाँकले जारी गरेको सूचनामा उल्लेख छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया