गैरकानुनी रुपमा सम्पत्ति कमाएको अभियोगमा सिनियर अहेबविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा चापाकोट स्याङ्जाका सिनियर अहेब बिन्दु कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले कोइराला विरुद्ध ९० लाख ३९ हजार छ सय २० बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ । सिनियर अहेब कोइरालले सरकारी सेवामा २०५४ कात्तिक ५ गतेदेखि २०७८ मङ्सिर १ गतेसम्म आर्जन गरेको सम्पत्तिको विषयमा आयोगले अनुसन्धान गरेको छ ।
सो अवधिमा कोइरालाले दुई करोड ९७ लाख ८१ हजार आठ सय दुई बराबरको आय आर्जन गरेको पाइएको छ । सोही अवधिमा सिनियर अहेब कोइरालाले तीन करोड ८८ लाख २१ हजार चार सय २२ बराबरको खर्च तथा लगानी गरेको अनुसन्धानको क्रममा फेला परेको आयोगले जनाएको छ ।
कूल आयभन्दा खर्च तथा लगानी बढी रहेको तथा त्यसको स्रोतसमेत नखुलेको पाइएपछि आयोगले मिहिन रूपमा छानबिन गर्दा अनियमितता देखिन गएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता कोइरालाको नाममा बैंकमा जम्मा गरेको पाइएको छ ।
स्रोत पुष्टि हुन नसकेको सम्पत्ति जफथ गरी बिगो बमोजिम कारवाहीको माग दावी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।
आयोगले अहेब कोइराला र श्रीमती गीता विरुद्ध बिगो बमोजिम कारबाहीको माग दावी गरेको छ ।
ताजा अपडेट
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव


प्रतिक्रिया