धनगढी एफसीको ब्रान्ड एम्बास्डरमा ‘मिस पवी’ नियुक्त
धनगढी । मिस पवीको नामले चर्चित कलाकार तथा मोडल पवी साँकीलाईं फुटबल क्लब धनगढी एफसीले आफ्नो ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको छ ।
शुक्रबार एक कार्यक्रमबीच धनगढी एफसीका सिईयो सकुश केसी र कलाकार मिस पवीले ब्रान्ड एम्बास्डरका लागि सम्झौता पत्रमा हस्ताक्षर गरे ।
धनगढी एफसीको ब्रान्ड एम्बास्डर नियुक्त भएपछि उनले भनिन् ‘नेपाल सुपर लिगको साबिक उपविजेता टोली धनगढी एफसीको ब्रान्ड एम्बास्डरका रुपमा जोडिन पाउँदा म एकदमै उत्साहित छु ।’
सम्झौता अनुसार यस सिजनको नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा हुने खेलमा एम्बास्डर मिस पवीले स्टेडियममा बसेर धनगढी एफसीलाई हौसला समेत दिनेछिन् ।
नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मङ्सिर ८ देखि पौष २१ गतेसम्म काठमाडौँको दशरथ रङ्गशालामा हुँदै छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया