एकदिवसिय क्रिकेट विश्वकपमा अहिलेसम्मकै उच्च स्कोर
काठमाडौं । भारतमा जारी एकदिवसिय त्रिकेट विश्वकपमा अहिलेसम्मकै उच्च स्कोर बनेको छ । श्रीलंका र दक्षिण अफ्रिकाबीचको खेलमा दक्षिण अफ्रिकाले चार सय २८ रनको बिशाल स्कोर खडा गरेको हो ।
यसअघि उच्च स्कोरको रेकर्ड अष्ट्रेलियाको नाममा थियो । उसले सन् २०१५ मा अफगानिस्तानविरुद्ध ४१७ रन बनाएको थियो ।
दिल्लीमा भएको खेलमा ५ विकेटको क्षतीमा दक्षिण अप्रिकाले चार सय २८ रन बनाउँदा तीन ब्याट्सम्यानले सतक बनाए । क्वान्टन डि कक, रासी भान देर दुसेन र एदिन मकरानले सतक प्रहार गरेका हुन् । मकरानले ४९ बलमै सतक बनाएर विश्वकपमा सबैभन्दा छिटो सतक बनाउने रेकर्ड कायम गरेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया