सिटिइभिटीले दियो छुटेका शैक्षिक संस्थालाई ७ दिनको म्याद

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)ले माग बमोजिम आवेदन दिएका तर नाम सूचीमा संलग्न हुन छुटेका शैक्षिक संस्थाहरुलाई सात दिन भित्र सम्पर्क गर्न अनुरोध गरेको छ ।
परिषदले प्रमाण पत्र तह/डिप्लोमा तहका स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु सञ्चालनका लागि सय शय्याको अस्पताल भएका संस्थाहरुलाई आवेदन दिन २०६९ जेठ २९ मा सूचना जारी गरेको थियो ।
आवेदन प्रस्तावना पेश गरेका संस्थाहरुमाथि स्वीकृति कारबाही प्रक्रिया अघि बढाइएको परिषद्ले जनाएको छ । परिषद्ले प्रक्रिया अघि बढेका संस्थाहरुको सूची वेबसाइटमा प्रकाशित गरेको छ ।
परिषदको सूचना बमोजिम अद्यावधिक गरेको संस्थाहरुमध्ये सूचीमा संलग्न हुन छुट भएका शैक्षिक संस्थाले सात दिन भित्र प्रमाणसहित परिषद्को स्तर निर्धारण सम्बन्धन महाशाखामा सम्पर्क गर्न सक्ने जनाएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया