सिटिइभिटीले दियो छुटेका शैक्षिक संस्थालाई ७ दिनको म्याद
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)ले माग बमोजिम आवेदन दिएका तर नाम सूचीमा संलग्न हुन छुटेका शैक्षिक संस्थाहरुलाई सात दिन भित्र सम्पर्क गर्न अनुरोध गरेको छ ।
परिषदले प्रमाण पत्र तह/डिप्लोमा तहका स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु सञ्चालनका लागि सय शय्याको अस्पताल भएका संस्थाहरुलाई आवेदन दिन २०६९ जेठ २९ मा सूचना जारी गरेको थियो ।
आवेदन प्रस्तावना पेश गरेका संस्थाहरुमाथि स्वीकृति कारबाही प्रक्रिया अघि बढाइएको परिषद्ले जनाएको छ । परिषद्ले प्रक्रिया अघि बढेका संस्थाहरुको सूची वेबसाइटमा प्रकाशित गरेको छ ।
परिषदको सूचना बमोजिम अद्यावधिक गरेको संस्थाहरुमध्ये सूचीमा संलग्न हुन छुट भएका शैक्षिक संस्थाले सात दिन भित्र प्रमाणसहित परिषद्को स्तर निर्धारण सम्बन्धन महाशाखामा सम्पर्क गर्न सक्ने जनाएको छ ।

ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया